५० लाख नगद र सुन पगाल्ने मेसिनसहित ५ जना ललितपुरबाट पक्राउ

प्रहरीले ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घर खानतलासी गर्दा ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन् ।ललितपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको निर्माणाधीन घरमा शङ्कास्पद कारोबार भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा उक्त धातु, रकम भेटिएको हो । 
फक्राउ पर्नेमा भारतको महाराष्ट्रका २८ वर्षीय युवराज विभुते, २० वर्षीय विक्रम यलवर, १८ वर्षीय अभिषेख विभुते, भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर १ का सिद्धान्त चौलागाईं र ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ का २० वर्षीय यसवन्त सुनार रहेका छन् ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया