विपद्बाट हुनसक्ने जोखिम कम गर्न पूर्वतयारी गरिएको छ: मन्त्री अर्याल

वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने प्रतिवद्धता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विपद् व्यवस्थापनको लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार भइ कार्यान्वयनमा ल्याइएको जानकारी दिएका छन । राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिदै उनले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम कम गर्न पूर्वतयारी गरिएको बताएका हुन । मन्त्री अर्यालल जोेखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुनेगरी विभिन्न निकायलाई क्षेत्रगत रुपमा जिम्मेवारी तोकिएको बताए । 
मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त समेत जनाए । विदेश जाने श्रमीकहरु नठगिने र म्यानपावर व्यवसायीहरुले पनि वैध रुपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिटै कार्यविधि बनाउने उनको भनाइ छ । 
नेपालमा गैरबैंकिङ च्यानलबाट हरेक वर्ष दुई खर्ब, एक अर्ब ६० करोड रुपैयाँ बैदेशिक रोजगर व्यवसायीहरुले उठाइरहेको तथ्यांक रहेको उनको भनाइ छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रुपान्तरण गर्नुपर्ने बताइन । 
मन्त्री श्रेष्ठले विद्यार्थीहरुलाई तत्काल मेडिकल शिक्षा दिनका लागि पनि प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्न उपयुक्त हुने बताएकी हुन । कम खर्चमा मेडिकल कलेज सञ्चालन गर्ने काम प्रादेशिक अस्पतालमा हुने भएकाले पनि आफूले त्यसैलाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको उनको भनाइ थियो ।। 

प्रतिक्रिया