सरकारले तोक्यो धानको समर्थन मूल्य

सरकारले धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१÷०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो ।  मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा  र  मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोकिएको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसैगरी बैठकले नेपाल संस्कृति विद्यालयको सम्पत्ति खोज्न र व्यवस्थापन गर्न समिति गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखर प्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने  निर्णय भएको मन्त्री शर्माले बताइन् । बैठकले बैठकले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इन्ल्याण्ड क्लियरेन्स डिपो÷एकीकृत चेक पोष्ट र अरनिको राजमार्गको निर्माण तथा मर्मत सम्भारका लागि संभाव्यता अध्ययन गर्न प्राप्त भएका पत्रहरुमा हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरे ।। 
 

प्रतिक्रिया