सहकारी छानबिन समितिले आज गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्दै
सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिले आज गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्दैछ । समितिको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाइएको छ । देशभरका प्रहरी कार्यालयहरुले सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान गरिरहेकाले मुद्दाबारे जानकारी लिन उनीहरूलाई छलफलमा डाकिएको हो । समितिले छानविनको दायरामा रहेका २९ वटै सहकारीका संचालकहरुलाई सम्पर्कमा आउन बिहीबार अनुरोध गरेको छ । समितिले अनुसूचिमा रहेका २९ वटै सहकारीहलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग आग्रह गरेको हो । बिहीवारको बैठकमा समितिले महालेखापरीक्षक तोयम राय, सम्पती शुद्धिकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीलाई बोलाएर सहकारी प्रकरणबारे जानकारी लिएको थियो ।
प्रतिक्रिया