राष्ट्रिय सभामा आज बजेट पारित गर्ने कार्यसूचि

संघीय संसद् अन्तर्गत राष्ट्रियसभाले आज बजेट पारित गर्दैैछ । आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि बजेट पारित गर्ने कार्यसूचि छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, गृह, अर्थ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी मन्त्रीले जवाफ दिनेछन । त्यस्तै  भौतिक पूर्वाधार तथा यातायात, खानेपानी, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी तथा रक्षा मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने संसद् सचिवालयले जानकारी दिएको छ । मन्त्रीहरूको जवाफपछि राष्ट्रिय सभाका अध्यक्षले खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।। त्यसपछि अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बजेट पारित भएलगत्तै अर्थमन्त्रीले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने र भन्सार महसुल विधेयक पेश गर्ने संसद् सचिवालयले जनाएको छ ।। 

प्रतिक्रिया