टाइब्रेकरमा इक्वेडरलाइ हराउदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

साबिक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरजी स्टेडियममा आज विहान भएको खेलमा पेनाल्टी सुटआउटमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा प्रवेश गरेको हो ।  क्वाटरफाइनलमा अर्जेन्टिनाले टाइब्रेकरमा इक्वेडरलाई ४–२ गोलले हराएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा केभिन रोड्रिगोजको गोलमा इक्वेडरले रोमाञ्चक बराबरी गरेको गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याएको हो । त्यसअघि पहिलो हाफको ३५ औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले सुरवाती अग्रता बनाएको थियो । लियोनल मेस्सी पहिलो पेनाल्टीमा चुकेपनि त्यसपछि अर्जेन्टिनाले लगातार चार प्रहारमा गोल गरेको थियो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एलेक्सीस म्यक एलिस्टर, गोन्जालो मोन्टीयल, निकोलस ओटामेन्डीले गोल गरे । इक्वेडरले सुरुका दुई प्रहारमा गोल गर्न सकेन । इक्वेडरका लागि जोन एबोह र जोड्री साइसेडोले गोल गरेपनि एन्जल मेना, एलेन मिन्डा विफल भए । अर्जेन्टिनाले अब सेमिफाइनलमा भेनेजुयला र क्यानडाबीचको दोस्रो क्वार्टरफाइनलको विजेताविरुद्ध खेल्नेछ । सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानाडाबीचको विजेतासँग खेल्नेछ । दुई टोलीविचको खेल भोलि बिहान पौने ७ बजे  हुनेछ ।  आइतवार बिहान पौने ४ बजे कोलम्बिया र पनामा तथा त्यही दिन बिहान पौने ७ बजे उरुग्वे र ब्राजिल खेल्दैछन् । 

प्रतिक्रिया