एमालेवाट सहभागी मन्त्रीहरूको राजीनामा स्वीकृत
नेकपा एमालेबाट संघीय सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमालेबाट मन्त्री भएका ८ जनाले दिएको राजीनामा बिहीबार स्वीकृत गरेका हुन्। एमालेको बुधबार बसेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उनीहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
दाहाल नेतृत्वको सरकारमा एमालेबाट भाैतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानूनमन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्याेगमन्त्री दामाेदर भण्डारी, महिलामन्त्री भगवती चाैधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरि उप्रेती सहभागी थिए ।
एमालेले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको थियो भने मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा बुझाएका थिए।
प्रतिक्रिया