प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ स्थगित
संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्त पदमा सिफारिस गरेको कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ । सुनुवाइ समितिमा रहेका सांसदहरूले उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो।
सुनुवाइ समितिमा प्रधानको नियुक्ति सिफारिस अनुपयुक्त भएको भन्दै प्रधानविरूद्ध ४ वटा उजुरी परेका छन्। चार वटै उजुरी यौन शोषण र दुर्व्यवहारको विषयसँग सम्बन्धित छन्।
प्रधानविरूद्ध एक पीडितले आफूलाई पाँच वर्षसम्म निरन्तर शोषण गरेको उल्लेख गर्दै आशय करणी गरेको उजुरी दिएकी छन्। त्यस्तै, आफूले प्रहरीमा जाने प्रयास गरे पनि उजुरी दिनबाट रोकिएको बताएकी छन्। पीडितले आफूलाई प्रधानले ुहनी ट्र्यापु को केस बनाएर जेल कोच्न खोजेकोसम्म उल्लेख गरेकी छन्।
बिहीबार उजुरीकर्तासँगको छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले शुक्रबार प्रधानको सुनुवाइ स्थगित गरिएको हो ।
प्रतिक्रिया