राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न नसकेको मन्त्री जोशीको गुनासो
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले पनि मन्त्रालयको सबै काम चुस्त ढंगले गर्न नसकेको गुनासो गरेका छन । आज राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न पनि व्यवधान खडा गरेको बताएका हुन । मन्त्री जोशीले कर्मचारीहरुको सरुवा छिटो छिटो हुने अवस्था अन्त्य गर्न पनि आफूले सक्दो पहल गरेको दाबी गरे ।
मन्त्री जोशीले आफूले निजामती सेवा ऐनसम्बन्धि विधेयकलाई छिटो पारित गर्न संसदीय समिति र राजनीतिक दलहरुसँग प्रयास गरेको पनि बताए संघीय निजामती सेवा ऐनको अभावमा प्रदेश र स्थानीय तहमा कर्मचारीको उचित व्यवस्था हुन नसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया