छलफल चलिरहेको छ, सहमतिबाटै नेतृत्व चयन हुन्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादी १० औं महाधिवेशनवाट सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । बिहीवार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरुसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र नेता घनश्याम भूसाल प्रतिस्पर्धा गर्ने चर्चा भए पनि उम्मेदवारी दर्ता भइसकेको छैन।  वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निस्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभइ नयाँ नेतृत्व चयन हुने बताए । 
उनले भने ‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन ।’

एकीकृत समाजवादीको महाधिवेशन असार १६ गतेदेखि जारी छ।


 

 
 

प्रतिक्रिया