नदीमा पानीको बहाव बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह

देशका केही नदीमा आज पनि पानीको बहाव बढ्ने सम्भावना छ । दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, गोरखा, लमजुङ र कास्की र भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती जिल्लाका केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाको अनुमान छ । यस्तै, इलाम, झापा, भोजपुर, पर्वत, जाजरकोट, दैलेख, बर्दिया, कैलाली, कालीकोट, अछाम र डोटी भई बहने साना नदीमा पनि बहाव बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्दो हुने अनुमान छ । वाग्मती, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह समेत उल्लेख्य बढ्दो हुने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया