डेंगु सङ्क्रमण ७३ जिल्लामा फैलियो, सबै भन्दा बढी सङ्क्रमित काठमाडौँमा
डेंगु सङ्क्रमण ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको हो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जुलाई ३ सम्म देशभरका १४ सय ३१ जनामा डेंगु पुष्टि भएको छ । मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण पनि फैलिँदै गएको महाशाखाले जनाएको छ ।
काठमाडौँ जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् । महाशाखाका अनुसार काठमाडौँ जिल्लामा १५९ जनामा डेंगु सङ्क्रमित देखिएको हो ।
देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा १४ सय ३२ जनामा देखिएको डेंगुमध्ये १५९ जना काठमाडौँ जिल्लामा मात्रै पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । यसो हुनुमा जनघनत्व बढी हुँदा ‘एडिस एजिप्टाइ’ जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्नु नै रहेको चिकित्सकहरू बताउँछन् ।
देशभर मनसुन सक्रिय भएसँगै डेंगु सङ्क्रमण बढ्न थालेको छ ।
प्रतिक्रिया