राष्ट्रिय सभाको बैठकमा आज मन्त्रीहरुले बजेटबारे जवाफ दिदै

राष्ट्रिय सभाको बैठकमा आज मन्त्रीहरुले बजेटबारे जवाफ दिदैछन । बैठकमा आज विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको हो । संसद सचिवालयका अनुसार आज ११ वटा मन्त्रीले जवाफ दिने कार्यसूची छ ।आज वन मन्त्रालय, महिला तथा बालबालिका, खेलकुद, सहरी विकास, उद्योग, कृषि, भौतिक पूर्वाधार, संघीय मामिला, पर्यटन, स्वास्थ्य र परराष्ट्र मन्त्रीले मन्त्रालय छलफलका क्रममा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिनेछन् । यद्यपि कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएसँगै बुधबार एमालेका आठ मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । 
 

प्रतिक्रिया