खोटाङ र बागलुङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरे पश्चात् मङ्गलबार एक समारोहको बीच जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । नौँ हजार ३०३ जना बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा भएको हो ।
पूर्ण खोप अभियानका क्रममा जिल्लाका दुई जना बालबालिकाले अहिलेसम्म कुनै पनि खोप नलगाएको तथा १५ जना बालबालिकाले नियमित खोपको मात्रा छुटाएको पाइएको थियो । उनीहरु सहित नौँ हजार ३०३ जना बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराएको हो । कोशी प्रदेशका १४ जिल्लामध्ये खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्नेमा चौथो बनेको छ ।।
बाग्लुङ खोप
गण्डकी प्रदेशको बागलुङ पनि बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित भएको छ । १० वटा स्थानीय तहका जन्मेदेखि १५ महिना मुनिका ४ हजार १ सय ९० र छुट्टै १६ महिना देखि ५ वर्ष मुनिका सबै १३ हजार ५६ जना बालबालिकाले खोप पाएसँगै बाग्लुङ पुर्ण खोप जिल्ला घोषित भएको हो । पूर्ण खोप सुनिश्चित भएपछि बाल मृत्यु दर, मातृ मृत्यु दर घटन सघाउने स्वास्थ्य कार्यालयको विश्वास छ । खोप सुनिश्चितता घोषणा भएको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनप्रतिनिधिले प्रकट गरेका छन ।
२०७५ सालमा बागलुङ जिल्ला लाई पुर्ण खोप घोषणा गरिएकोमा यसपटक जन्मे देखि १५ महिनासम्मका ४ हजार १०० जना र १५ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले खोप लगाएका हुन । गण्डकी प्रदेशको स्याङ्जा ,पर्वत म्याग्दी ,गोर्खा जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला भएका छन ।
प्रतिक्रिया