प्रस्तावित निर्वाचन आयुक्तको आज संसदीय सुनुवाइ हुने
प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको आज संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिको दिउँसो बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा आज प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरुसँग छलफल गर्ने छ । समितिले भोलि प्रधानलाई बोलाएर छलफल गर्ने कार्यसूची छ । गत मंगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रधानमाथिको उजुरी र उहाँको कार्ययोजनासहितको सुनुवाई गर्ने मिति तय गरेको हो । यसअघि गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानून समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उहाँमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो । निर्वाचन पर्यवेक्षकको रुपमा समेत काम गरिसक्नुभएका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया