बेलायतमा आज आम निर्वाचन, कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच तिब्र प्रतिस्पर्धाको अनुमान

बेलायत आज आम निर्वाचन हुँदै छ । निर्वाचनमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच तिब्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यो चुनावमा मुख्य प्रतिस्पर्धा ऋषि सुनकको कन्जरभेटिभ र प्रमुख विपक्षी नेता केयर स्टारमरको लेबर पार्टीबीच छ । निर्वाचनअघि गरिएको सर्वेक्षणले संसदमा लेबर पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरेको छ। सर्वेक्षण सही साबित भए, कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकको १८ महिनाको कार्यकाल समाप्त हुनेछ ।  बेलायतमा १४ वर्षपछिपहिलो पटक लेबर पार्टीले देशको जिम्मेवारीमा फर्किने छ । बेलायतमा विगत १४ वर्षदेखि कन्जरभेटिभले शासन गर्दै आएका छन् । स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान सुरु हुनेछ । बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत युनाइटेड किंगडमका सबै भागहरूमा हुनेछ । निर्वाचनमा बेलायतको हरेक भागमा १८ वर्ष र सोभन्दा माथिका मानिसहरूले आफ्नो सांसद चयन गर्न मतदान गर्नेछन् । कुल ६ सय ५० संसदीय सीटहरूको लागि मतदान हुन लागेको हो । सांसदहरुले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा पाँच वर्षसम्म निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्नेछन् । 
 

प्रतिक्रिया