बेराटिनीलाई हराउदै सिनर विम्बल्डन टेनिसको तेस्रो चरणमा

महिलातर्फ इमा राडुकानुपनि अघिल्लो चरणमा पुग्न सफल

विश्व नम्बर एक खेलाडी यानिक सिनर विम्बल्डन टेनिसको तेस्रो चरणमा पुगेका छन । सेन्ट्रल कोर्टमा भएको खेलमा माटिओ बेराटिनीलाई ७–६, ७–६, २–७, ७–६ ले पराजित गर्दै उनले अघिल्लो चरणमा स्थान बनाएका हुन । सन् २०२१ को विम्बल्डनमा फाइनल खेलेका बेराटिनीले कडा चुनौती पेस गरे पनि जितका लागि पर्याप्त हुन सकेनन । साविक विजेता कार्लोस एल्कारेज पनि तेस्रो चरण पुगेका छन् । उनले एलेकजान्डरलाई ७–६, ६–२ र ६–२ ले हराएका हुन  । महिलातर्फ इमा राडुकानु तेस्रो चरणमा पुगेकी छिन । उनले एलिसा मार्टेन्सलाई ६–१ र ६–२ ले हराएकी हुन । चोटका कारण गत वर्ष विम्बल्डनमा नखेलेकी राडुकानु वाइल्ड कार्डको मद्दतले यो पटक सहभागी भएकी हुन । पूर्व विश्व नम्बर एक नाओमी ओसाका भने दोस्रो चरणबाटै बाहिरिएकी छन् । गए राति सेन्टर कोर्टमा सम्पन्न खेलमा एम्मा नाभारोसँग सोझो सेटमा पराजित भएपछि जापनिज स्टार ओसाकाको विम्बल्डन २०२४ को यात्रा दोस्रो चरणमै समाप्त भएको हो । अमेरिकी खेलाडी एम्मा नाभारोले ओसाकाविरुद्ध ६–४, ६–१ को सहज नतिजा हात पारिन् । 
 

प्रतिक्रिया