बलिदान नगरी कर्णालीले केही पाउने गरेको छैन: मुख्यमन्त्री कडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले कर्णालीले बलिदानी नगरेर केही नपाउने गरेको बताएका छन् । सुर्खेतमा आयोजित उद्यमशीलता प्रेरणा सम्मेलनको उदघाटन गर्दै उनले कर्णाली प्रदेश प्राप्त गर्दा पनि नागरिकहरुले रगत बगाएर पछि प्राप्त गरेको भन्दै बलिदान नगरी कर्णालीले केही नपाउने गरेको बताएका हुन् । मुख्यमन्त्री कँडेलले परापुर्वकालमा समुद्ध रहेको कर्णाली पछिल्लो समय सेवा सुविधा र विकासका पुर्वाधारका हिसावले निकै पछाडी र प्राकृतिक श्रोत साधनहरुको खानी रहेको कर्णाली त्यसको सदुपयोग हुन नसकेको गुनासो समेत गरे ।  
मुख्यमन्त्री कँडेलले कर्णालीका १० वटै जिल्ला उद्योग, व्यपार, कृषि पर्यटन, जलबिद्युत, जडिबुटी लगायतका नविनतम श्रोत र साधनहरुको भण्डार भएको बताए । परम्परागत सोच र गलत धारणाको अन्त्य गरेर प्रदेश सम्बृद्ध हुने उनको भनाइ छ । मुख्यमन्त्री कडेलले कर्णालीमा उद्यम गर्ने युवाहरुका लागि सरकारले उचित लगानीको वातावरण बनाउने बताए । 
 

प्रतिक्रिया