रास्वपा केन्द्रीय समितिमा महामन्त्रीको प्रतिवेदन पेस

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रिय समिति बैठकमा महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदन पेश गरिएको छ । आज बसेको सो पार्टीको केन्द्रिय कार्य समिति बैठकमा महामन्त्री ढकालको राजनीतिक प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रश्तुत गरेका हुन ।आफ्नो राजनीतिक प्रतिवेदन प्रत्यक्ष प्रशारण हुनुपर्ने माग सम्बोधन नभएपछि महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बसेको र उहाँको राजनीतिक प्रतिवेदन सहमहामन्त्री बुर्लाकोटीले प्रश्तुत गरेका हुन । प्रतिवेदनमा पार्टीमा व्यापक सुधारको खाँचो औंल्याइएको छ ।
महान्त्री ढकालले प्रतिवेदन भित्रका कुरा आन्तरिक रुपमा छलफल नभई बाहिर सार्वजनिक गर्न नहुने धारणा केन्द्रिय समितिका सदस्यहरुले राखेपछि महामन्त्री ढकालको सो प्रतिवेदन लाईभ हुन नसकेको रास्वपाले जनाएको छ । यसैबीच, रास्वपाले महामन्त्री ढकाललाई हटाएर सन्तोष परियारलाई महामन्त्री बनाउने  भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । सोविता गौतमलाई पार्टी संसदीय दलको प्रमुख सचेतक बनाएको भन्नेकुरा पनि सत्य नभएको पार्टीले दाबी गरेको छ । केही समययता रास्वपामा पार्टी सभापति रवि लामिछाने र महामन्त्री डा. ढकालबीच अन्तरविरोध चर्किएको छ । महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ । त्यसपछि रास्वपाले केन्द्रीय कमिटी बैठक बोलाएर प्रतिवेदनमाथि छलफल थालेको हो । 
 

प्रतिक्रिया