मोरङको रङ्गेलीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
मोरङको रङ्गेली नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागको सहयोग र रंगेली नगरपालिकाको समन्वयमा २०७८ सालमा वडा कार्यालयमा नाम दर्ता भएका स्थानीयलाई परिचयपत्र वितरण थालिएको हो । परिचयपत्रको फारम भर्न छुट भएका व्यक्तिहरुको पनि पुनः विवरण दर्ता कार्य पनि थालिएको पञ्जीकरण शाखाले जानकारी दिएको छ ।
रङ्गेली नगरपालिकामा २५ हजारको हाराहारीमा राष्ट्रिय परिचयपत्र छपाई भएर वडा बडामा पुगेको छ । रंगेली को वडा नम्बर १ २ र ३ मा परिचयपत्र र नयाँ फर्म भर्नेहरूको अहिले अहिले भैरहेको छ । अनलाइन मार्फत फर्म भरेको सम्भवत नेपालकै पहिलो भएको नगरको दाबी छ ।
प्रतिक्रिया