संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छुः सचिव अधिकारी

प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भुमिका खेल्ने बताएका छन । आज सभामुख देवराज घिमिरेबाट प्रतिनिधि सभा सचिवको रुपमा शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदको कामलाई व्यवस्थित गर्न भुमिका खेल्ने बताएका हुन ।  आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सचिव अधिकारीले संसदको काम, कारबाहीलाई पारदर्शी बनाउनका लागि पनि आफ्नो सहयोग र भुमिका रहने बताए । 
सचिव अधिकारीले आज सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ लिएका हुन । उनलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार प्रतिनिधि सभा सचिवमा नियुक्त गरेका हुन । सचिव अधिकारी कोशी प्रदेश, संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. २ स्थायी निवासी हुन । 

प्रतिक्रिया