प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेको हो। बैठकले प्रधानमन्त्रीले मार्गप्रशस्त गर्दा उपयुक्त हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
“ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ । बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ,” उनले भने ।
प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे संवैधानिक प्रक्रिया आफ्नो ठाउँमा रहेको बताए ।प्रधानमन्त्री दाहालले परिस्थितिलाई ठिक ढंगले बुझ्ने भएकोले मार्गप्रशस्त हुने विश्वास उनको छ।
प्रतिक्रिया