असारको दोस्रोे हप्तासम्म कोशीमा १३.७१ प्रतिशत मात्र रोपाइँ

कोशी प्रदेशमा १३.७१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोे छ । प्रदेशमा असारको दोस्रोे हप्तासम्म आकासे पानीकै भरमा अधिकांश स्थानमा रोपाइँ भएको होरु। असार १४ सम्म कुल क्षेत्रफलको १३.७१ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।   आकाशे भरमा रोपाइँ हुँदै कोशी प्रदेशका अधिकांश स्थानमा धान रोपाइँ हुन सकेको छैन। गत वर्ष असार दोस्रो हप्तासम्म १६.९६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको थियो । यस पटक कोशी प्रदेशको तराईका जिल्लामा १०.७८ प्रतिशत, मध्यपहाडमा २१.२१ प्रतिशत र उच्च पहाडमा १७.४८ प्रतिशत स्थानमा मात्रै रोपाइँ भएको छ । कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६.७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छरु। कोशी प्रदेशमा कुल खेतीयोग्य क्षेत्रफल आठ लाख २६ हजार ६४६ रहेको छ । 
 

प्रतिक्रिया