काठमाडौंको सोह्रखुट्टे—बालाजु सडक भासियो

काठमाडौंको सोह्रखुट्टे—बालाजु सडक भासिएको छ । आज सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिव ११ फिट गहिरो खाल्डो परेको हो । सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । पानीको मूल फुटेर सडक भासिएको हुनसक्ने अनुमान गरिएको छ । सडक भासिएपछि सो खण्डमा यातायात आवागमन रोकिएको छ । पानी रोकिन साथ ग्राभेल गरेर सडकलाई सञ्चालन गर्ने तयारी गरिएको छ । 

प्रतिक्रिया