कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुढानिलकण्ठमा जारी

नयाँ सत्ता समीकरणमा एमालेसँग समझदारी भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुढानिलकण्ठमा जारी छ । सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको पनि सहभागिता रहने छ । सोमबार राति कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति अनुमोदन गर्न बैठक बसिरहेको हो । यसअघि हिजो पदाधिकारी बैठक बसेर कांग्रेसले नेपाली कांग्रेसले आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय गरेको जनाएको थियो । संविधानलाई समसामयिक रुपमा संशोधन गर्ने सहमति पनि एमालेसँग बनेको कांग्रेसले स्पष्ट पारेको छ । आवश्यकताअनुसार अन्य दललाई पनि सरकारमा ल्याउन छलफल गरेर अगाडि बढ्ने पनि कांग्रेसले जनाएको छ । अस्थिरता लामो समयदेखि देखिएकाले कांग्रेस र एमाले एकै ठाउँमा आउनुपर्ने आवश्यकता देशमा देखिएकाले नयाँ समझदारी बनेकोपनि कांग्रेसको भनाइ छ । दुई दलले आर्थिक समस्या समाधानसहित बृहत्तर राष्ट्रिय हितका पक्षमा सहमति गरेको पनि कांग्रेसले स्पष्ट पारेको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकपनि आज बस्दैछ । 

प्रतिक्रिया