राजीनामा दिन प्रधानमन्त्री दाहाललाई एमालेको आग्रह, नगरे मन्त्री फिर्ता बोलाउने

नेकपा एमालेले आजसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । मंगलबारे बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ को दुई को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आह्वान गर्ने निर्णय हो । तर एमालले आफ्ना तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई भने फिर्ता बोलाउने निर्णय गरेको छैन । यसैगरी, एमालेले संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो । यसअघि, माओवादी केन्द्रको सचिवालय बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने बरु सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिए संसदमा विश्वासको मत लिने निर्णय गरेको थियो । संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीको दल विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रधानमन्त्री विश्वासको मत प्राप्त गर्न असफल भए नयाँ सरकार गठनको बाटो खुल्नेछ । काँग्रेस–एमाले नेता भने राजनीतिक रुपमा बहुमत गुमाइसकेकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्कमा छन । राष्ट्रपतिलाई बहुमत सांसदको हस्ताक्षर बुझाएपछि स्वतः नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सुरु हुने तर्क पनि दुई दलको छ ।  प्रधानन्त्रीले संसदको सामना गर्न पाउनुपर्ने तर्कपनि कानुनविदको छ । प्रधानमन्त्रीले राजीनामा नगरी विश्वासको मत लिन्छु भन्न पाउनुपर्ने उनीहरुको भनाइ छ ।। 
 

प्रतिक्रिया