एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया आजवाट सुरु, पदाधिकारीमा सहमति प्रयास
नेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नयाँ नेतृत्वको चयन प्रक्रिया सुरु हुने भएको छ । प्रतिवेदनहरुमाथि विभिन्न समूहमा भएको सामूहिक छलफलको निष्कर्ष पेश गरेलगत्तै नेतृत्व चयनको प्रक्रिया शुरु हुने भएको हो । महाधिवेशनले २ सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । अध्यक्ष र महासचिवसहितका महत्वपूर्ण पदमा सर्वसम्मतीको प्रयास भइरहेको छ । अन्य पदमा भने निर्वाचन हुने सम्भावना छ । आज निर्वाचनको प्रक्रिया सुरु भएपनि मतदान भने भोलि मात्रै हुने नेताहरुले बताएका छन । मतदान भने विद्युतीय मेसिनबाट गर्ने तयारी छ । महाधिवेशन बिहीबारसम्म सक्ने कार्यतालिका छ ।
प्रतिक्रिया