रास्वपाको केन्द्रीय समिति बैठक जारी, महामन्त्री ढकाल मुखमा टेप लगाएर सहभागी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक जारी छ । पार्टीका महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको प्रतिवेदनमाथि समीक्षा गर्नका लागि पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको हो । बैठकको प्रतक्ष्य प्रशारण नगरेपछि महामन्त्री मुकुल ढकालले मुखमा टेप टाँसेर विरोध गरेका छन् । महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् । केही दिन अघिदेखि नै बैठक प्रतक्ष्य प्रशारणको गर्न माग गर्दै आइरहेका उनले त्यस्तो नभएपछि सांकेतिक रुपमा विरोध गरेका हुन् । महामन्त्री ढकालले प्रदेश संरचना खारेज गर्नुपर्ने निष्कर्षसहितको पार्टीको समीक्षा प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए । सोही रुविषयको समीक्षा गर्नका लागि आज पार्टीको केन्द्रीय कार्यालय, चःमति, वनस्थलीमा बैठक बसिरहेको हो । बैठकमा समयसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ । एमाले–कांग्रेसको नयाँ सरकार बन्ने भएपछि रास्वपा त्यसमा सहभागी नहुने जनाएको छ । कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ । यद्यपि माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने रणनीति लिएका छन् ।। 

प्रतिक्रिया