अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको मनी ट्रायल मुद्दामा सजाय निर्धारण लम्बियो

सेप्टेम्बर अठारमा मात्र सजाय तोकिने

अमेरिकाको न्यूयोर्कस्थित एक अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको हस मनी ट्रायल मुद्दामा सजाय निर्धारण गर्ने मिति लम्ब्याएको छ । यसअघि ट्रम्पविरुद्धको हस मनी ट्रायल मुद्दामा यही जुलाई ११ मा सजाय सुनाइने तय भएको थियो । तर, सार्वेच्च अदालतको फैसलापछि न्यूयोर्क अदालतका न्यायाधीशले सजायका निर्धारणका लागि १८ सेप्टेम्बरको मिति तोकेका हुन । अदालतले फैसला सुनाएपछि ट्रम्पका कानुनी टोलीले हस–मनी मुद्दामा सजायलाई उल्टाउन माग गरेका थिए । न्यायाधीश जुआन मर्चनले सुनुवाइका क्रममा सो मुद्दामा सजाय आवश्यक छ भने सेप्टेम्बर १८ मा सजाय सुनाइने बताएका हुन् । गत मे महिनामा न्यूयोर्क अदालतको एक जुरीले ट्रम्पलाई हस मनी ट्रायलसम्बन्धी मुद्दामा दोषी ठहराएको थियो । अदालतबाट कुनै पनि मुद्दामा दोषी ठहरिने उनी पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन् । सोमबार सर्वोच्चले ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा गरेका आधिकारिक कामलाई छुट दिने तर अनधिकृत कामलाई छुट नदिने फैसला सुनाएको थियो । यसवाट  ट्रम्पलाई क्यापिटल हिल दंगामा केही हदसम्म छुट हुने देखिएको छ । हस मनी ट्रायल ट्रम्पको निजी मामिला रहेका कारण सो मुद्दाको फैसलामा सर्वोच्चको निर्णयले कुनै असर नगर्ने बताइएको छ । 
 

प्रतिक्रिया