कोलम्बियालाई बराबरीमा रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वारटफाइनलमा

अन्तिम आठको समिकरण पूरा

कोलम्बिया समूह डी को विजेताको रुपमा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । आज विहान भएको खेलमा  ब्राजिलसँग एक एक गोलको बराबरी खेल्दै समूह विजेताका रुपमा अन्तिम आठमा स्थान बनाएको हो । ब्राजिलका लागि खेलको १२ औं मिनेटमा राफिन्हाले गोल गरे । कोलम्बियाका लागि पहिलो हाफको इन्ज्युरी समयमा ड्यानिएल मुनोजले बराबरी गोल फर्काए । जितपछि शीर्ष स्थानको कोलम्बियाको ७ अंक भएको छ । ब्राजिल भने ५ अंकमा दोस्रो स्थानमा रह्यो । दुवै टिम यस समूहबाट नकआउट चरण पुगेका छन् । समूहको अर्को खेलमा कोस्टारिकाले पाराग्वेलाई २–१ ले हरायो । कोस्टारिका चार अंकमा तेस्रोमा रह्यो भने पाराग्वे सबै खेलमा पराजित भएर शून्य अंकमा रह्यो । आजका खेलसँगै कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनल प्रवेशका लागि कोलम्बियाले पनमाको सामना गर्दा उरुग्वेसँग ब्राजिलले खेल्नेछ । पहिलो क्वाटरफाइनलमा शुक्रबार बिहान अर्जेन्टिना र इक्वेडरसँग खेल्दा शनिबार भेनेजुएलाले क्यानडाको सामना गर्नेछ । 
 

प्रतिक्रिया