काँग्रेसले दाहाल नेतृत्व सरकारको प्रतिपक्षमा रहेका दलसंग छलफल गर्ने
नेपाली काँग्रेसले पुष्पकमल दाहालनेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । बैठक आज साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्नेछ । काँग्रेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् । यसअघि सहकारी छानबिन समितिको मागको क्रममा विपक्षी दलहरूको बैठक बसेको थियो । नयाँ सत्ता समिकरण बन्नुको परिस्थितीबारे कांग्रेसले विपक्षी दललाई अवगत गराउने भएको हो । सो क्रममा कांग्रेसले राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन दलहरुलाई आह्वान समेत गर्ने बताइएको छ ।
प्रतिक्रिया