कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बुधबार बिहान ९ बजे बस्ने गरी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको छ । बैठकमा नेकपा एमालेसँग गरिएको सहमतिको विषयमा छलफल हुने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यलाई बोलाइएको छ । 

प्रतिक्रिया