गिरिजाबाबुकै कारण देशमा गणतन्त्र आयो: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् ।  मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्व.कोइरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले यस्तो बताएका हुन् ।  देउवाले कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व रहेको स्मरण गरे।  उनले गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गरे ।

उनले गिरिजाबाबुलाई प्रजातन्त्रबाट लडेर गणतन्त्रसमेत ल्याउन सफल भएको कहिल्यै नथाक्ने मान्छेका रूपमा चित्रण गरे । 

प्रतिक्रिया