प्रधानमन्त्री दाहाल शीतल निवासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवास पुगेका छन् । राष्ट्रपतिरामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास गएका हुन् ।
गएराति नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएसंगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन् । 
प्रधानमन्त्री दाहाल पदबाट राजीनामा नदिई विश्वासको मतको सामना गर्ने तयारीमा छन् ।

प्रतिक्रिया