काँग्रेस—एमाले गठबन्धन असंवैधानिक रहेको माओवादीको ठहर

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन । काँग्रेस–एमालेबीच नयाँ सत्ता समिकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले संसदको सामना गरेर विश्वासको मत दिने धारणा राखेका हुन । बैठकमा पार्टी नेताहरुले पनि एक मतले त्यसै गलेर छोड्ने भन्दा लोकतान्त्रिक प्रक्रिया अनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए । माओवादी केन्द्रले कांग्रेस एमाले सहमतिका विषयमा रास्वपा लगायतका दलसँग छलफल गरेर अघि बढने र विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । 
काँग्रेस—एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको जिकिर समेत माओवादीको छ । दुई दलबीचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको माओवादीको निस्कर्ष छ । 
माओवादी केन्द्रका नेताहरुले दुई दलबीच सरकार बनाउने सहमती गर्ने र त्यसपछि राष्ट्रिय सहमतीको सरकार बनाउने भन्नेकुरा राजनीतिक रुपले गलत भएकाले त्यसको प्रतिवाद गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिएका छन । पदाधिकारी बैठकले काँग्रेस–एमाले सत्ता समिकरणले संविधान संशोधन गर्ने सहमती गरेर २०४७ सालको संविधान व्यूत्याउने षडयन्त्र गरेको जिकिर गर्दै आपत्ति समेत जनाएको छ ।बैठकमा नेताहरुले काँग्रेस, एमालेका केही नेताहरुसँग छलफल गरेर विश्वासको मत लिन सम्पूर्ण शक्ति परिचालन गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।

प्रतिक्रिया