प्रचण्डलक्षित बाबुरामको कटाक्ष: केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैँभरि ठग्न सकिन्न
नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष बाबुराम भट्टराईले सबैलाई सधैँभरि ठग्न नसकिने बताएका छन् । मंगलबार बिहान बदलिएको राजनीतिक समीकरणतर्फ संकेत गर्दै सामाजिक सञ्जाल एक्समा एक स्टाटस लेख्दै भट्टराईले सत्ता संकटमा परेका प्रचण्डप्रति कटाक्ष गरेका हुन् । नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै उनले यो टिप्पणी गरेका हुन् ।उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति इङ्गित गर्दै लेखेका छन्, ‘चर्चित भनाइ छ - ‘केहीलाई सधैँभरि ठग्न सकिन्छ; सबैलाई केही बेर ठग्न सकिन्छ; तर सबैलाई सधैँभरि ठग्न सकिन्न।
दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ ।
प्रतिक्रिया