रास्वपा नयाँ सरकारमा नजाने, मन्त्री फिर्ता बोलाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले नयाँ गठबन्धन र अब बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको छ। मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकले रास्वपा नयाँ सरकारमा  सहभागी नहुने निष्कर्ष निकालेको हो ।

नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए। रास्वपाबाट अहिलेको संघीय सरकारमा ४ जना मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।

 

प्रतिक्रिया