ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउन दुई दल सहमत भएको हो: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन् । उनका अनुसार सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने छन् । सामाजिक सञ्जालमा उनले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुन समेत निर्माण गर्ने गरी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन दुई दल सहमत भएको जानकारी दिएका हुन । महासचिव पोखरेलले यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उनले उल्लेख गरेका छन् ।सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका थिए । समझदारी निर्माणमा एमालेका तर्फवाट महासचिव पोखरेल र कांग्रेसका तर्फवाट रमेश लेखकले महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।। 
 

प्रतिक्रिया