एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रधानमन्त्र दाहाल अल्पमतमा

संसदमा चार पटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको छन् ।  मध्यरात एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै दाहाल नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो । संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति पत्रमा हस्ताक्षर भएसँगै दाहाल सरकार संकटमा परेको हो । एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई दाहाललाई दिएको समर्थन फिर्ता लिएको र नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढेको जानकारी गराइसकेका छन । यस अगाडि २०८१ जेठ ७ गते चौथो पटक प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १५७  मत खस्यो भने विपक्षमा शून्य मत खसेको छ । एक सांसद भने तटस्थ बसे गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट दाहाल प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसपछि एमालेको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गरेका थिए । उनले पुनःकांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेका थिए । 
 

प्रतिक्रिया