संबिधान संसोधन गर्ने सर्तमा एमालेसँग सत्ता सहकार्य भएको कांग्रेसको प्रष्टोक्ति
सरकार राष्ट्रिय सहमतिको बनाउन पहल गर्ने
नेपाली कांग्रेसले आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय गरेको जनाएको छ । आज बिहान बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले राजनीतिक स्थायित्व,सुशासन र आर्थिक सुधारका लागि एमालेसँग गठबन्धन तयार भएको निस्कर्ष निकालेको हो । सोमबार राति एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने र डेढ वर्षपछि त्यसको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने सहमतिमा हस्ताक्षर भएको कांग्रेसले स्पष्ट पारेको छ । संविधानलाई समसामयिक रुपमा संशोधन गर्ने सहमति पनि बनेको कांग्रेसले स्पष्ट पारेको छ । आवश्यकताअनुसार अन्य दललाई पनि सरकारमा ल्याउन छलफल गरेर अगाडि बढ्ने पनि कांग्रेसले जनाएको छ । अस्थिरता लामो समयदेखि देखिएकाले कांग्रेस र एमाले एकै ठाउँमा आउनुपर्ने आवश्यकता देशमा देखिएकाले नयाँ समझदारी बनेकोपनि कांग्रेसको भनाइ छ । दुई दलले आर्थिक समस्या समाधानसहित बृहत्तर राष्ट्रिय हितका पक्षमा सहमति गरेको पनि कांग्रेसले स्पष्ट पारेको छ ।
प्रतिक्रिया