प्रधानमन्त्री दाहाल र ओलीविच बालुवाटारमा भेटवार्ता, मार्ग प्रशस्त गर्न ओलीको सुझाव
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीविच बालुवाटारमा भेटवार्ता भएको छ । आज विहान प्रधानमन्त्री निवास वालुवाटार पुगेर एमालेले दिएको विश्वासको मत फिर्ता लिएको जानकारी दिदै मार्गप्रशस्त गर्न सुझाव दिएका हुन । नेपाली कांग्रेस र नेकपा एमालेविच सहकार्यको समझदारी भैसकेकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उपयुक्त हुने सुझाव ओलीले दाहाललाई दिएका हुन । प्रधानमन्त्री दाहालले भने पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिने बताएका छन । एक्कासी गठबन्धन तोडेको भन्दै उनले ओलीप्रति असन्तुष्टि समेत जनाएका छन ।
प्रतिक्रिया