नयाँ सत्ता समीकरणका लागि सहमतिसँगै दलहरु छलफलमा, कांग्रेस-एमाले सरकार बनाउने गृहकार्यमा

माओवादी पदाधिकारी बैठक जारी

कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएसँगै दुवै दल आन्तरिक छलफलमा जुटेका छन् । नयाँ समीकरणका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारीसँग छलफल गरेका छन । नेकपा एमालेका नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन । एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्ने छ । कांग्रेससँग सत्ता समीकरण गर्ने सहमतिलगायत विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो । छलफलपछि आजै एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस र एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि माओवादीले पदाधिकारी बैठक बोलाएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । अचानक बदलिएको राजनीतिक समिकरणपछिको अवस्थामा छलफल गर्न माओवादीले पदाधिकारीको बैठक बोलाइएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वर्तमान गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । अहिलेको गठबन्धनको मुलुकको हितमा नरहेको उसको निस्कर्ष छ । ाजनीतिक परिस्थितीमा छलफल गर्न राप्रपाले केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ । कांग्रेस–एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समिक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएका हुन ।। 
 

प्रतिक्रिया