सन्धिखर्क नगरपालिकाका कृषकहरुलाइ विभिन्न फलफुलका बिरुवा वितरण

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकहरुलाइ विभिन्न जातका फलफुलका बिरुवा वितरण गरेको छ । व्यवसायिक कृषकहरुको मागका आधारमा नगरपालिकाको कृषि शाखाले कृषकहरुलाइ अनुदानमा लिची, सुन्तला, कागती, मौषम र सिउडी फल ‘ड्रागन फुड’  लगायतका ५ हजार भन्दा बढी फलफुलका बिरुवा वितरण शुरु गरिएको कृषि शाखाले जानकारी दिएको छ ।  सन्धिखर्क नगरपालिकाको ४० प्रतिशत अनुदान र कृषकको ६० प्रतिशत लगानीमा कृषकहरुको मागका आधारमा लिची १२ सय ५०, कागती १३ सय ८०, मौषम ५ सय ५०, सुन्तला १७ सय ३० र ड्रागनका १ सय २० फलफुलका बिरुवा वितरण शुरु गरिएको हो । फलफुल खेतीबाट कृषकलाई व्यवसायिक बनाउन र आर्थिक स्वरोजगार बनाउने उदेश्यले फलफुलका बिरुवा वितरण शुरु गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । फफुलका बिरुवा राम्रो संग लगाउने, राम्रो संग हेरबिचार गर्न कृषकलाई सुझाव दिदै जनप्रतिनिधिले किसान मैत्री कार्यक्रमहरु थप गर्दै जाने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया