मन्दिरको उत्खन्नम गर्दा लिच्छवीकालिन अवशेषहरु फेला
जनककालिन ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खन्नमा आठौं÷नवौं शताब्दीका लिच्छवीकालिन अवशेषहरु फेला परेका छन् । पुरातत्व विभागका पुरातत्व विदप्रकाश दर्नालसहित तीन सदस्य टोलीले असार ७ गतेदेखि शुरु गरेको प्राचीन मन्दिरको अवशेष उत्खननमा आठौं÷नवौं शताब्दीका लिच्छवीकालिन अवशेषहरु फेला परेका हुन् । सबैला नगरपालिकाको वडा नं. ६ गोविन्दपुरस्थित जनककालिन ऐतिहासिक मठेश्वरनाथ मन्दिरमा अहिलेसम्म दुई वटा पत्थर जोड्ने आइरन डावर, फलामको गोलो रिंग फेला परेको छ । मन्दिरको माथीको सरफेशमा भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छवी शैलीको ‘माना’ अर्थ आउने अक्षर समेत फेल परेको छ । पुरातत्वविद् दर्नालले सोहि अक्षरको आधारमा मन्दिरको प्राचिनता पत्ता लगाउन सकिने बताए ।
स्थानीयका अनुसार पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो । यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा समेत जिकिर गरिएको पाइएको छ । सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गरेको विश्वास गरिन्छ ।
प्रतिक्रिया