गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती, काँग्रेसले तस्बिर प्रदर्शनी गर्दै
नेपालमा माओवादी द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पु¥याउनुभएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले कार्यक्रम गरी नको एक सयऔँ जन्मजयन्ती मनाउँदै छन् । यस अवसरमा कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज पार्टी केन्द्रीय कार्यालयमा ’क्रान्तिदेखि शान्तिसम्म’ विषयक तस्बिर प्रदर्शनी गर्दैछ ।
प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाको जीवनीका तस्बिर राखिने र विमर्श कार्यक्रमसमेत गरिने पार्टीले जनाएको छ । प्रदर्शनीमा १ सय ५० वटाभन्दा बढी तस्बिरहरू राख्ने तयारी कांग्रेसको तयारी छ । प्रदर्शनीमा क्रान्तिको समय, शान्तिकालीन समय र शान्ति प्रक्रियाको समयलाई प्रतिविम्बित गर्ने तस्बिरहरू राख्ने कांग्रेसले जनाएको छ । फोटोहरू २००७ सालभन्दा अगाडिका र गिरिजाबाबुसहित अन्य नेताहरूको पनि फोटो रहने बताइएको छ । आजै ‘क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिताः जोखिम र अनुभव’ विषयमा विमर्श पनि गर्ने विश्वकर्माले बताएका छन् । जसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमालेका नेता प्रदीप ज्ञवालीले विमर्श गर्नेछन् ।
प्रतिक्रिया