समूह चरणमा शतप्रतिशत जितसहित उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

बोलिभियालाई हराउर्दै पानामा अन्तिम आठमा

उरुग्वे कोपा अमेरिका फुटबलको समूह चरणमा शतप्रतिशत जीत निकाल्दै क्वाटरफाइनलमा पुगेको छ । समूह ’सी’ को अन्तिम खेलमा आज बिहान अमेरिकालाई १–० गोलले हराएर उरुग्वे क्वाटरफाइनलमा पुगेको हो । एरोहेड स्टेडियममा भएको खेलमा म्याथिएस ओलिभेराले गरेको एक गोल नै निर्णाय बन्यो । यो खेलसँगै एक खेल मात्र जितेको अमेरिका समूह चरणबाटै बाहिरिएको छ । यसैबीच समूह ’सी’ कै अर्काे खेलमा पानामाले बोलिभियालाई ३–१ गोलले हराएको छ । इन्टर एण्ड को स्टेडिएममा भएको खेलमा बोलिभियालाई हराएपछि समूहको दोश्रो हुँदै पानामा क्वाटरफाइनलमा प्रवेश गरेको छ । पानामाका जोस फजार्डो, इडुआडो गुरेरो र सिजर यानिसले समान एक गोल गरे । बोलिभियाका मिरान्डाले एक गोल फार्काए । एक खेल पनि नजितेको बोलिभिया समूह चरणबाटै बाहिरिएको छ । समूह चरणका अन्तिम खेलमा भोलि बिहान कोलम्बिया र ब्राजिल तथा कोष्टारिका भिड्नेछन् । 

प्रतिक्रिया