बीआरआईको अनुदान स्वीकार्य, ऋण अस्वीकार्य हुने काँग्रेसको निष्कर्ष
नेपाली कांग्रेसले बीआरआईको ऋण स्वीकार्य नहुने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले बीआरआईको ऋण देशले धान्न नसक्ने भएकोले स्वीकार गर्न नहुने निष्कर्ष निकालेको हो। बैठकमा बीआरआई कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर गर्ने सरकारको तयारीबारे छलफल भएको थियो ।
‘हाम्रो धेरै ऋणको बोझ भइसक्यो, त्यसकारण यसलाई ऋणका आकार बढाउँदै लैजान हुँदैन,’ बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने, ‘त्यसमाथि पनि धेरै अनुदान सहयोग पनि कार्यान्वयन नभइरहेको अवस्थामा बीआरआईमा अनुदान भए मात्रै लिएर अघि बढाउनुपर्छ।’
सहुलियतपूर्ण ऋणसमेत देशले उपयोग गर्न नसकेको अवस्था रहेको पनि पूर्वअर्थमन्त्रीसमेत रहेका महतले बताए।
प्रतिक्रिया