पार्टीको अनुशासनबाहिर गएको भए महामन्त्रीलाई कारबाही हुन्छ: उपसभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताएका छन् ।  सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँँग कुरा गर्दै उनले पार्टी महामन्त्री डा.मुकुल ढकालबारे राखेको जिज्ञासामा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अहिले केही पनि नभएको र महामन्त्रीलाई दिएको जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई बुझाएको भन्दै बुधबार बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले सो बारेमा निर्णय लिने स्पष्ट पारे । बैठकमा महामन्त्री ढकालले बुझाएको प्रतिवेदनबारे छलफल हुने बताउँदै पार्टीको अनुशासनबाट बाहिर गएर काम गर्ने जो कसैलाई पनि कारबाही हुने बताए । 
ढकालले केही समय पहिले विभिन्न जिल्ला पुगेर पार्टीको अवस्थाबारे समीक्षा गरी प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए । तर निराशाजनक पत्र पेस गरेकोमा ढकालमाथि नेताहरूले असन्तुष्टि पोखेका थिए ।

प्रतिक्रिया