शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु,गुण्डागर्दी सहिन्न : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छिन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी हुन् ।मन्त्री श्रेष्ठले शैक्षिक क्षेत्रमा गुण्डागर्दी सहन नसकिने बताएकी छन्। मन्त्री श्रेष्ठले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भएपनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन् । उनले त्रिवि सेवा आयोगले विज्ञापन खोलेकोमा विज्ञापन गर्न पाइँदैन भनेर एक समूहले तालाबन्दी गरेको र  विज्ञापनमा अन्तर्वार्ता प्रहरी राखेर गर्नुपरेको बताइन् ।
मन्त्री श्रेष्ठले एसईई परीक्षाको नतिजामा शिक्षा मन्त्रालयमात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताइन् । उनले एसईईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको बताइन् । उनले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्याउनुपर्ने बताइन् ।मन्त्री श्रेष्ठले तालाबन्दी गरेर विद्यार्थीहरूको पढ्ने अधिकार खोस्ने प्राध्यापकलाई कारबाही गरिने बताइन् । 

प्रतिक्रिया