शिर्ष नेताहरुको भेटवार्ता र सत्ता हेरफेरको विषयले संसदमा नोकझोक

तत्काल सत्ता समिकरण नफेरिने माओवादीको दाबी

ठूला दलका शिर्ष नेताहरुको भेटवार्ता र सत्ता हेरफेरको विषयले संसदमा पनि प्रवेश पाएको छ । आजको प्रतिनिधि सभाको विशेष समयमा नेपाली काँग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरु नेपाली काँग्रेस र नेकपा एमालेका बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका हुन । उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको बताए ।
नेताहरुबीच शुरु भएको सघन संवादले आशाको सञ्चार गरेको भन्दै सांसद गिरीले संविधान संशोधनसम्मका लागि काँग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरुबिच भेट हुनासाथ सत्ता समिकरण नफेरिने दाबी गरे । 
सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउनुपर्नेमा सबै राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराए । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले बीआरआई सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताए । 
सांसद श्रेष्ठले सम्झौता कार्यान्वयन गर्ने कुरा दुई देश बिचको विश्वसनीयतासँग पनि सम्बन्धित भएको उल्लेख गरे । 

प्रतिक्रिया